नियम ५
खाद्य निरीक्षकको नियुक्ति
(१) नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा
सूचना प्रकाशित गरी तोकिदिएको खाद्य पदार्थको सम्बन्धमा ऐन र यस नियमावलीमा
उल्लेखित काम कुराहरु गर्न निमित्त विभागले खाद्य निरीक्षक नियुक्ति गर्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त भएको खाद्य निरीक्षकले आफूलाई तोकिएको
क्षेत्रभित्र ऐन र यो नियमावली बमोजिम आफूलाई तोकिएको काम कर्तव्य गर्नेछ ।
(३) नेपाल सरकारले आवश्यक देखेमा कुनै व्यक्तिलाई कुनै निर्देशित क्षेत्रको
सम्बन्धमा ऐन र यस नियमावलीमा लेखिए बमोजिम खाद्य निरीक्षकको अधिकार
प्रयोग गर्न पाउने गरी तोक्न सक्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिम नियुक्ति गरिएको खाद्य निरीक्षक वा
तोकिएको व्यक्तिलाई अनुसूची–१ मा तोकिएको ढा“चाको परिचय पत्र दिइनेछ ।